FAQs Complain Problems

बराहक्षेत्र नगरपालिका को आधिकारिक वेब पेजमा तपाइलाई हार्दिक स्वागत छ |

नेपालको संबिधान २०७२ बमोजिम नेपाल सरकारद्वारा २०७३ सालमा गठित स्थानीय तह पुनःसंरचना आयोगले गरेको सिफारिस बमोजिम सुनसरी जिल्लामा १२ वटा स्थानीय तह कायम भई कार्यान्वयनमा रहेका छन् | नेपालका विभिन्न  धार्मिक र पर्यटकीय स्थल मध्ये बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपाल कै सर्बाधिक महत्वपूर्ण र प्रख्यात तिर्थस्थल हो | ब्रह्मपुराण र स्कन्दपुराण लगायतका पुराणहरु र महाभारत महाकाव्यमा समेत उल्लेख गरिएको तथा महिमा गाईएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्ये एक देबस्थल हो | सोही पबित्र स्थलको नाम बाट  रहन गएको यस नगरपालिका पूर्वमा धरान उप-महानगरपालिका, पश्चिममा उदयपुर जिल्ला, उत्तरमा धनकुटा जिल्ला र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा र कोशी गाउँ पालिकाको सिमाना संग जोडिएको छ |

सुनसरी जिल्लाको उत्तर पश्चिममा अव्यवस्थित बराहक्षेत्र नगरपालिकामा साबिकका बराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर, र मधुबन गा.बि.स.हरु समायोजन भई बराहक्षेत्र न.पा. वडा नं ६ (महेन्द्रनगर) लाई केन्द्र कायम गरि जम्मा ११ वटा वडा मार्फत नगरपालिकाले नगरका नागरिकहरु लाइ सेवा प्रदान गर्दै आएको छ| अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस तथा १० डिग्री सेल्सियस न्यूनतम तापक्रम रहने यस नगरपालिकामा २०६८ को जनगणना अनुसार जम्मा जनसंख्या ७७,४०७ मानिस हरु को बसोबास भएको देखिन्छ | विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा हरु रहेको यस नगरपालिका २२२.०९ बर्ग.किमी मा फैलिइएको छ | 

हाम्रो E-mail:ito.barahamun18@gmail साथै www.barahamun.gov.np वा www.facebook.com/@barahamun18 को facebook पेज मा पनि जोडिन सक्नु हुन्छ.